Thursday, October 23

नारायण खतिवडालाई लेटरप्याड र लोगो दुरुपोग नगर्न मन्त्री पाण्डेको चेतावनी

नेकपा एमालेका नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री केशव राज पाण्डेले नारायण खतिवडालाई एमालेको लेटरप्याड र लोगो दुरुपोग नगर्न चेतावनी दिएका छन ।

शनिबार नेकपा एमाले नुवाकोटको बैठकमा सम्बोधन गर्दै मन्त्री पाण्डेले खतिवडाले लेटरप्याड दुरुपयोग गरेको सन्दर्भ झिक्दै आगामी दिनमा पुन त्यस्तो गरे राम्रो नहुने चेतावनी दिए । मन्त्री पाण्डेले सहनशीलताको पनि सीमा हुने बताए ।

उनले नुवाकोटको हकमा नारायण खतिवडासँग कुराकानी भएको जानकारी दिँदै छलफलमा सहभागी हुँदा एकताका लागि सहमत हुने तर फेरि लाइन लागेर सर्वाेच्च अदालतमा पुगेर शेरबहादुर देउवालाई नेता मानेर अघि बढ्ने गलत र अराजक प्रवृति देखिएको बताए ।

मन्त्री पाण्डेले भने, ‘केही दिनअघि एमालेको लेटरप्याड दुरुपयोग गरेको सुने । अब फेरि पार्टीको लेटरप्याड दुरुपयोग गरेर हस्ताक्षर गरे हामीलाई सह्यै हुनेछैन । नेता पनि बनाएकै थियौँ, सांसद पनि बनाएकौ थियौँ । हामीले दिएको मत दुरुपयोग भयो । उहाँले राजनीतिक रुपमा अपराध गर्नुभयो ।’

मन्त्री पाण्डेले केन्द्रीय कमिटीमा रहेका केही नेता बाहेक सबै नेताहरु मुलधारमा रहेको पनि बताए । उनले स्थानीय र जिल्लास्तरमा केही नेताको पार्टीबिरोधी गतिबिधिको खासै असर नदेखएिको बताए । मन्त्री पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेतृ अष्टलक्ष्मी शाक्यसँग छुट्टाछुट्टै भेटे गरेर बागमती प्रदेशमा एमालेको आन्तरिक एकताका लागि आफूले पनि पहल गरिरहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *