सिजो
श्रीराम श्रेष्ठ
१,
बाँचेर इमान्दार हुनुतर्फ सधैंभरि
इमान जमानमा अड्नुपर्छ हामी सबै
सत्यता लुकाउँदामा आइलाग्छ बिपत्ति ।
२,
जिन्दगी क्षणकता बाँच्नुपर्छ हासीखुसी
रिसले शत्रु बढ्छ भलो हुन्न कसैलाई
मिलेर बसिबियालो आत्मीयता सबैमा ।
३,
संसार चिहाउँदा दुईदिने घामछाया
अडान लिइबादा उमेरले नेटाे काट्यो
बुझेर जीवनलाई अघि बढ्दा सुगन्ध ।
४,
संसार बुझ्न खोज्यो आफैंभित्र थिचिएछ
जिज्ञासु मनलाई कैद गर्दै बेहोसीमा
पाहुना बन्दै पृथ्वीमा बाँचिएला चिम्लँदै ।
५,
त्रासमा होमिएर युद्ध जित्न खोजिरहेँ
बाँचेर आफैलाई भाग्यमानी सम्झिहालेँ
काँतर भएको मन आफैंदेखि डरायो ।
६,
बिहान चिसो चिसो पानी पर्दा उठिहाले
मनले खोजिएका तातोपन सम्झिरहे
कफिको चुस्किले गर्दा अनुभवै फेरियो ।
