नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखकै कारण अनेकौं समस्या सिर्जना
बिदुर/सधैँ विवाद र चर्चामा आइरहने नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टार फेरि विवादमा तानिएको छ ।
क्याम्पस प्रमुखको लापरबाहिले गर्दा बिद्यार्थि भर्ना देखि कक्षा सञ्चालन सम्म बन्द भएको छ । कहिले विद्यार्थी संगठनको झगडा, आन्दोलन त कहिले क्याम्पस अध्यक्षको विषयमा विवादका कारण चर्चामा आउने गरेको क्याम्पसमा यसपटक क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले दैनिक रुपमा त्रिभुवन बिश्व बिद्यालयलाई पत्र काट्ने तर आफु क्याम्पसमा उपस्थित नहुने भएपछी समस्या सिर्जना भएको हो ।
हाल कक्षा ११, १२ को भर्ना अभियान, स्नातक तहको परिक्षा तथा कक्षा सञ्चालनमा समेत क्याम्पस प्रमुखले नजरअन्दाज गर्न थालेका छन् । सँधै बिभिन्न बाहानामा काठमाण्डौ बस्ने, निमित्त अरुलाई नदीने गर्नाले बट्टार स्थित नुवाकोट आदर्श बहुमुखि क्याम्समा दैनिक कार्य सञ्चालनमा समेत समस्या भएको छ ।
क्याम्पसमा भएका प्राध्यापकहरुको करार नि...









