Wednesday, October 29

नुवाकोटको बेलकोटगढी नगरपालिका प्रमुखमा जगत लामा र उपप्रमुखमा शिव प्र. दाहाल विजयी

बेलकोटगढी।नुवाकोटको बेलकोटगढी नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादी केन्द्र र उप प्रमुखमा  नेपाली काङ्ग्रेसको शिव प्रसाद दाहाल का उम्मेदवार विजयी हुनुभएको छ ।

नगर प्रमुखमा पुर्व नगरप्रमुख नेकपा एमालेका राजेन्द्र रमण खनाल र उप प्रमुखमा नेकपा एमालेका नेत्री रुपा साप्कोटा प्रतिद्वन्द्वी रहेका थिए।

नगर प्रमुख पदमा निर्वाचित जगत बहादुर लामाले २३हजार  २२२मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र रमण खनालले  ६हजार  ७९४मत प्राप्त गर्नु भयो ।

त्यस्तै उप प्रमुखमा शिव प्रसाद दाहालले १०हजार ७६६मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी नेत्री रुपा साप्कोटाले७ हजार२७४ मत प्राप्त गर्नुभयो ।

वडा अध्यक्षमा नेपाली काङ्ग्रेसले वडा नम्बर २, ५,७,९,१०,११,१३ नेकपा (एमाले) ले १,६,८,१२ र नेकपा माओवादी केन्द्रले क्रमशः ३,४ वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *