बेलकोटगढी।नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, नुवाकोटको आयोजना तथा बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगार्थमा भएको छैटौँ राष्ट्रिय हाप्किडो प्रतियोगितामा गण्डकी प्रदेशकी कृति गिरिले ‘संवरण’ पदक पाएकी छिन् ।
हालसालै सम्पन्न प्रतियोगितामा महिला फाइट तर्फको ५०-५५ किलो तौल समूहमा गण्डकी प्रदेशकी गिरि पहिलो भएकी हुन् । यस्तै, लुम्बिनी प्रदेशकी बर्षा थेडी मगर दोस्रो (रजत पुरस्कार), प्रदेश नम्बर १ की मनिका बस्नेत तेस्रो (काश्य पुरस्कार) प्रदेश नम्बर ७ की सन्जिता बिष्ट चौथो (काश्य पुरस्कार) प्राप्त गरेकी छिन् ।
हाप्किडोको राष्ट्रिय खेलाडी समेत रहेकी गिरिले यस अघि पनि थुप्रै प्रतियोगितामा जित हासिल गरिसकेकी छिन् । गिरि हाप्किडोको गण्डकी प्रदेशको प्रशिक्षक पनि हुन् ।
प्रतियोगिता बेलकोटगढी नगरपालिका कार्यवाहक मेयर कविता ढुङगानाले उद्घाटन गरेकी थिईन् । यस्तै, कार्यक्रममा विजयी टोली तथा खेलाडीलाई नुवाकोट जिल्ला हाप्किडो संघ का अध्यक्ष तथा नेपाल मार्शल आर्टस हाप्किडो संघ तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगर , केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढामगर र केन्द्रीय सहायक प्रमुख प्रशिक्षक प्रबिण गुरुङले मेडल तथा प्रमाणपत्रसहित टिम च्याम्पियनहुनेलाई नगदसहित मेडल प्रदान गरेका थिए ।
