बेलकोटगढी-४।स्थानीय तहको निर्वाचन-२०७९ मा नव निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर लामा(जनम)आजबाट कार्यभार समाल्न वडा कार्यालय पुगेका छन्।उनिसङ्गै नवनिर्वाचित वडा सदस्यहरु टंका प्रसाद सुवेदी,सन्त बहादुर तामाङ,अम्बिका परियार र बेल कुमारी गुरुङ रहेका छन्।वडा अध्यक्ष पुर्व निर्वाचित वडा अध्यक्ष समेत हुनुहुन्छ।जसमा वडा सदस्यहरु समेत पुरानै मुहारको रहेता पनि एकजना सन्त बहादुर तामाङ भने नयाँ हुन्।
वडाअध्यक्ष लामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रद्वारा दोस्रो कार्यकालका लागि प्यानलसहितको जनप्रतिनिधि हुन्।वडा अध्यक्ष लामाले प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार भुबिन्द्र बहादुर बानियाँलाई २१ मतान्तरले हराउदै आफ्नो स्थान रहन सफल भएका हुन्।सोझा साझा र सिधा बिचार धाराका रूपमा स्थापित वडा अध्यक्ष लामा पाँच वर्षको कार्याकाल बितिसक्दाको समयमा पनि पुनः पाँचौ वर्षको लागि जनासेवामा समर्पित हुन निर्वाचित हुन पाउँदा खुशी रहेको बताउनु हुन्छ।बिगतको पाँच बर्ष जेजस्तो जनासेवा गर्न सकिएता पनि अझ त्यसमा आफू पारदर्शी र स्पष्टताका साथमा जनप्रतिनिधिको भूमिका खेल्ने उहाँले बताउनु भयो।
