Wednesday, October 29

झडपमा नेपाली कांग्रेस नेत्री तथा बिदुर नगरपालिका उपमेयर प्रत्यासी गिता अमात्य गम्भिर घाईते

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा नेपाली कांग्रेसले तोडफोड गरेको छ ।नेपाली कांग्रेस बिदुर वडा नं १३ को इकाई समितीले आयोजना गरेको भष्ट्र्चार बिरुद्दको आन्दोलन भण्डाफोर कार्यक्रममा अन्तर्गत बिदुर नगरपालिकामा ताला लगाउन खोज्दा प्रहरीले ताला लगाउन रोके पछि झडप भएको थियो । झडपपछि कांग्रेस कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गरेपछि कांग्रेस कार्यकर्ताहरुले नगरपालिकाको कार्यालयमा ढुङ्गा प्रहार गरेका थिए ।

विदुर नगरपालिका वडां १३ मा संघीय सरकारबाट बिनियोजित भएको सुन्तला र कागती पकेट क्षेत्रको लागी छुट्टाईएको बजेटमा अनियमितता भएको भन्दै बारम्बार नगरपालिकामा जानकारी गराउँदा समेत सुनुवाई नभएको भन्दै सोमबार विदुर नगरपालिकाको कार्यालय ताला लगाउन पुगेका कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित वडा अध्यक्ष तथा कार्यकर्ताहरुले नगरपालिकाको कार्यालय तोडफोड गरेका छन् ।

झडपमा नेपाली कांग्रेस नेत्री तथा बिदुर नगरपालिका उपमेयर प्रत्यासी गिता अमात्य गम्भिर घाईते भएकी छन् भने ३ जना प्रहरी सामान्य घाईते भएका छन् । घाईते अमात्यको सिटी हस्पिटल तथा प्रहरीहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

वडामा विनियोजन गरिएको रकममा अनियमितता भएकोले भुक्त्तिानी रोक्न माग गरिएपनि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनीले वडालाई जानकारी नदिइ रकम भुक्त्तिानी दिइएको विदुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष फैसिङ तामाङले जानकारी दिए ।

संघिय सरकारले नगरपालिकाको वडा नम्बर १३ मा विनियोजित गरेको ११ लाख रुपैयाँमध्ये नगरपालिकाले ६ लाख रुपैयाँ भुक्त्तिानी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *