Wednesday, October 29

राइजिङ रमेश गाेम्जा हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्डकाे मनाेनयनमा

करण तामाङ।दुई दर्जन भन्दा बढी लोकप्रिय गीतका गायक एवं धादिङ जिल्ला म्हेन्दोमाया कलाकार संघ रुवी भ्यालीका पुर्व उपाध्यक्ष राइजिङ रमेश गोम्जाको गीत “ल्हस्सो फ्याफुल्ला” हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डको चौथो संस्करणको लागी मनोनयनमा परेको हो । यस गीतमा स्वर राइजिङ रमेश गोम्जा र रमला पाख्रीन तामाङको रहेको छ।
उनी संगै उत्कृष्ट ५ मा पर्ने अन्य गीतहरुमा सन्दीप स्याम्चेन तामाङको झार्लाङ कोर्पारी , आरबी लामा वाङ्देनको म्हेन्दो ज्यावा पाटोला, विकास लामाको किम्ताङ्ग नाम्साई, रेसा तामाङको ल्होस्सो साली रहेका छन् । सानै उमेर देखि कुशल गायक एबं कलाकार बन्ने सपना बुनेका सुमधुर आवाजका धनी गोम्जा अध्ययनको शिलशिलामा हाल अस्ट्रेलियामा रहेपनी फुर्सदको समयमा प्रवास बाटै नियमित संगीत सिर्जना गरिरहेका छन् । विश्वभर छरिएर रहेका नेपाली कलाकारहरुलाई प्रोत्साहन र सम्मान स्वरुप हरेक बर्ष (अवार्ड ) कार्यक्रम आयोजना गर्दै आइरहेको यस कार्यक्रम सन २०१८ मा मलेसिया १०१९ मा कतार २०२० मा यु ए इ र काठमाडौं मा सम्पन्न गरिसकेका छन् ।नेपाल टेलिकमको प्रमुख प्रायोजनमा स्वास्थ मापदण्डको पूर्ण पालना गरि आगामी भाद्र महिनाको पहिलो हप्ता काठमाडौमा आयोजना हुन गइरहेको यस संस्करण लाई भुगर्भ सिमेन्ट जनजाति महासंघ अमेरिका एन आर एन टर्की लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहयोग र समर्थन रहेको आयोजक संस्था हिमालयन नेपाली ईभेन्टसले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *