Wednesday, October 29

नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले एकैपटक जन्माइन् ५ वटा शिशु

नुवाकोट – थापाथलीस्थित परोपकार प्रसूति गृहमा एक २८ वर्षीया महिलाले ५ वटा शिशुलाई जन्म दिएकी छन्। सोमबार नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकी हुन्। ५ मध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको थियो।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको जानाकारी दिए। डा. सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशुको जन्म भएको थियो। शल्यक्रियामा डा. सुवेदीलाई डा. दिप्ती श्रेष्ठ, डा नमिता सिङदेनले साथ दिएका थिए भने एनेस्थेसियामा डा मुकेश कुमारले नेतृत्व गरेका थिए। त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गरेकी थिइन् भने बाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले बच्चाहरुको स्वास्थ्य अवस्था हेरिरहेकी छन्।

शल्यक्रियामा संलग्न चिकित्सक डा. सुवेदीका अनुसार जीवित जन्मिएका ४ शिशुलाई आइसियुमा राखिएको छ। उनीहरू सबैको स्वास्थ्य सामान्य रहेको छ। ४ शिशुमध्ये एकको १ किलो ९ सय ग्राम तौल रहेको छ। अन्यको क्रमसः १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ। जिवित चारै जना छोरी रहेको र मृत्यु भएका एक शिशु छोरा रहेको बताइएको छ।

प्रसूति गृहमा नियमित गर्भ जाँच गराइरहेकी तामाङको तीन हप्ताअघि भिडियो एक्सरे गर्दा एक बच्चाको गर्भमै मृत्यु भएको थाहा भएको थियो। बच्चाको मृत्यु भएको थाहा पाएपछि चिकित्सकले अस्पतालमै राखेर उपचार गरिरहेको डा. सुवेदीले बताए। एकै महिलाले एकै पटकमा ५ बच्चा जन्माएको दुर्लभ केस मानिनेसमेत उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *