काठमाडौं । ‘मिस एसईई २०२१’ को उपाधि जेनिशा तामाङले जित्नुभएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका ५ की १६ वर्षीया जेनिशाले शनिबार भएको फाईनलमा उपाधि हात पार्नुभएको हो ।

विजेता जेनिशाले ट्रफी, ५० हजार रुपैयाँको चेक, ११ र १२ छात्रवृत्ति कक्षामा म्यानेजमेन्ट र साइन्स पढ्नेका लागि फूल स्कलरसीप (प्लान एकेडेमी र साम्बाट कलेजमा), पोखरा भ्रमणका लागि टु वे फ्लाइट टिकेट, २ वटा म्युजिक भिडियोमा अभिनयको अवसर लगायत पुरस्कार प्राप्त गर्नुभयो ।
जेनिशाले यसअघि विद्यालयस्तरीय कम्पिटिसनमा मिस लालीगुराँस २०१५ र उपत्यकास्तरीय प्रतियोगितामा ‘मिस प्लानेट नेपाल २०१५’ हात पारिसक्नुभएको छ ।
त्यस्तै इलिजा राउत फस्ट रनरअप, सेकेन्ड रनर अप इस्पा महर्जन र जुना मोक्तान थर्ड रनरअप बन्नुभयो । सय जनाले भाग लिएको प्रतियोगिताबाट सट लिस्ट २५ जना, २५ जनाबाट ८ जना फाइनल चरणमा प्रवेश गरेका थिए ।
फेसन इराले आयोजना गरेको पुरुषतर्फ ‘मिस्टर एसईई २०२१’ को उपाधि अनुपम न्यौपानेले जित्नुभयो । गोरे तामाङ फस्ट रनरअप, सुवास बोहोरा सेकेण्ड रनर अप र विशाल तामाङ थर्ड रनरअप हुनुभयो ।
