Tuesday, October 28

Author: राष्ट्रियता मिडिया

गायक तथा मोडेल दुर्गेश थापालाई राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानबाट बहिष्कार

गायक तथा मोडेल दुर्गेश थापालाई राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानबाट बहिष्कार

मुख्य समाचार
काठमाडौं- गायक तथा मोडल दुर्गेश थापाले आफु माथि ठूलो अन्यायाय भएको बताएका छन् । हालसालै तीजको गीत ‘बीच्च–बीच्चमा ४– ख्यास्स पुतली’लाई लिएर राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गायक तथा मोडेल दुर्गेश थापालाई बहिष्कार गर्ने निर्णय गरेपछि विवादमा आएका थापाले आफु माथि ठूलो अन्यायाय भएको बताएका हुन् । उनले आफूलाई राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गीतको शब्दको बारेमा कुनै औपचारिक आग्रह नगरेको बताएका छन्। उनले भनेका छन् ‘ मैले गीत हटाउन पनि सक्थेँ, मलाई एकचोटी प्रतिष्ठानमा बोलाएर सल्लाह पनि गर्न सक्थे तर आजको दिन सम्म कसैले त्यस्तो गरेका छैनन्।’ यता गीतमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत हुन अनुरोध गरिएको तर, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको ध्यानाकर्षण पत्रलाई कुनै वास्ता नगरेको आरोप गायक थापालाई लागेको छ। थापा भन्छन्   “प्रतिष्ठान भनेको घर हो, अदालत हैन। मलाई लोक दोहोरी प्रत...
नेपाली रेडियोको प्रसारणले प्रभाव परेको भन्दै भारतमा केन्द्र सरकारसम्म तहल्का

नेपाली रेडियोको प्रसारणले प्रभाव परेको भन्दै भारतमा केन्द्र सरकारसम्म तहल्का

अन्तरास्ट्रिय
काठमाडौं । भारतको बिहार राज्यका सूचना तथा जनसम्पर्क मन्त्री सञ्जयकुमार झाले आफ्नो भूभागमा नेपाली एफएम रेडियोको फ्रिक्वेन्सी प्रभाव रोक्न केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् । हिन्दुस्तान टाइम्समा सोमबार प्रकाशित समाचार अनुसार झाले आइतबार केन्द्र सरकारका सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरसँग भेट गर्दै नेपाली रेडियोहरूको प्रभाव रोक्न तत्काल आवश्यक कदम चाल्न माग गरे । उनले सीमा क्षेत्रमा रहेका नेपाली एफएमले प्रसारण गरेका सामग्रीका कारण सिर्जित समस्याबारे जानकारी गराएका थिए । उनले आफ्नो राज्यमा नेपाली एफएमको प्रभाव रोक्ने गरी कार्ययोजना बनाउन समेत केन्द्र सरकारसँग आग्रह गरे । मन्त्री झाले चौबीसै घन्टा बज्ने नेपाली एफएम र अन्य फ्रिक्वेन्सीको बिहारका विभिन्न जिल्लाहरूमा सहजै पहुँच भएका कारण समस्या उत्पन्न भएको जिकिर गरेका थिए । नेपाली एफएमले प्रसारण गर्ने कार्यक्रमहरूको पहुँच विश...
अब केही दिनमै मन्त्रिपरिषद् विस्तार गरेर सरकारको कामलाई गति दिने सरकारको दाबी

अब केही दिनमै मन्त्रिपरिषद् विस्तार गरेर सरकारको कामलाई गति दिने सरकारको दाबी

मुख्य समाचार
काठमाडौँ, साउन १९ । सम्भवतः आज सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने भएको छ । सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका आज सार्वजनिक गर्ने विषयमा हिजो छलफल गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब करिब अन्तिम रुप दिएको छ । थप गर्नुपर्ने केही विषय बाँकी रहे मङ्गलबार पनि छलफल गरेर पूर्ण दिइ सार्वजनिक गरिनेछ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकले सम्भवतः मङ्गलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र मन्त्रिपरिषद्को विस्तार गर्ने विषयमा सहमति गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ विष्णु सापकोटाले जानकारी दिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपा अध्यक...
झडपमा नेपाली कांग्रेस नेत्री तथा बिदुर नगरपालिका उपमेयर प्रत्यासी गिता अमात्य गम्भिर घाईते

झडपमा नेपाली कांग्रेस नेत्री तथा बिदुर नगरपालिका उपमेयर प्रत्यासी गिता अमात्य गम्भिर घाईते

मुख्य समाचार
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा नेपाली कांग्रेसले तोडफोड गरेको छ ।नेपाली कांग्रेस बिदुर वडा नं १३ को इकाई समितीले आयोजना गरेको भष्ट्र्चार बिरुद्दको आन्दोलन भण्डाफोर कार्यक्रममा अन्तर्गत बिदुर नगरपालिकामा ताला लगाउन खोज्दा प्रहरीले ताला लगाउन रोके पछि झडप भएको थियो । झडपपछि कांग्रेस कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गरेपछि कांग्रेस कार्यकर्ताहरुले नगरपालिकाको कार्यालयमा ढुङ्गा प्रहार गरेका थिए । विदुर नगरपालिका वडां १३ मा संघीय सरकारबाट बिनियोजित भएको सुन्तला र कागती पकेट क्षेत्रको लागी छुट्टाईएको बजेटमा अनियमितता भएको भन्दै बारम्बार नगरपालिकामा जानकारी गराउँदा समेत सुनुवाई नभएको भन्दै सोमबार विदुर नगरपालिकाको कार्यालय ताला लगाउन पुगेका कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित वडा अध्यक्ष तथा कार्यकर्ताहरुले नगरपालिकाको कार्यालय तोडफोड गरेका छन् । झडपमा नेपाली कांग्रेस नेत्री तथा...
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल खुलाउने तयारी

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल खुलाउने तयारी

मुख्य समाचार
यातायात व्यवस्था विभागले यही महिनाको अन्तिम हप्तादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल खुलाउने तयारी गरेको छ ।   विभागका महानिर्देशक नमराज घिमिरेले यसबारे छलफल भइरहेको र छिटै निर्णय हुने जानकारी दिएका छन । गएको वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो ।   अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुरिरहँदा कोरोनाको सङ्क्रमण बढेपछि फेरि ट्रायल परीक्षा बन्द गरिएको थियो । विभागले अहिले अनलाइन आवेदन पनि बन्द गरेको छ । ट्रायल परीक्षाको टुङ्गो लागेपछि फेरि अनलाइन आवेदन खुलाउने तयारी गरिएको विभागले जनाएको छ ।   ट्रायल परीक्षा खुलेपछि नयाँ व्यवस्था लागू गर्ने विभागको तयारी छ । अहिले विद्यमान लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अङ्क ल्याए मात्रै पास हुने व्यवस्थामा परिमार्जन गरेर ७० प्रतिशत अङ्क ल्याए पास हुने निर्...