Wednesday, October 22

गायक तथा मोडेल दुर्गेश थापालाई राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानबाट बहिष्कार

काठमाडौं- गायक तथा मोडल दुर्गेश थापाले आफु माथि ठूलो अन्यायाय भएको बताएका छन् । हालसालै तीजको गीत ‘बीच्च–बीच्चमा ४– ख्यास्स पुतली’लाई लिएर राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गायक तथा मोडेल दुर्गेश थापालाई बहिष्कार गर्ने निर्णय गरेपछि विवादमा आएका थापाले आफु माथि ठूलो अन्यायाय भएको बताएका हुन् । उनले आफूलाई राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गीतको शब्दको बारेमा कुनै औपचारिक आग्रह नगरेको बताएका छन्।

उनले भनेका छन् ‘ मैले गीत हटाउन पनि सक्थेँ, मलाई एकचोटी प्रतिष्ठानमा बोलाएर सल्लाह पनि गर्न सक्थे तर आजको दिन सम्म कसैले त्यस्तो गरेका छैनन्।’ यता गीतमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत हुन अनुरोध गरिएको तर, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको ध्यानाकर्षण पत्रलाई कुनै वास्ता नगरेको आरोप गायक थापालाई लागेको छ।

थापा भन्छन्   “प्रतिष्ठान भनेको घर हो, अदालत हैन। मलाई लोक दोहोरी प्रतिष्ठानले कार्यक्रम दिने हैन, मलाई कार्यक्रम दिने दर्शकहरुले हो।”आफूलाई नबोलाइ सल्लाह नै नगरी प्रतिष्ठानले कसैलाई काखा कसैलाई पाखा गरेको उनले बताए ।पूर्वाग्रही ढंगले आफूमाथि प्रतिष्ठान खनिएको भन्दै थापाले आफूलाई दर्शक बाहेक अरु कसैको मतलब नभएको बताएका छन् ।त्यस्तै उहाहरु सिनियर भएकाले यति ठुलो निर्णय लिनु होला भन्ने आफुलाई नलागेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *