बेलकोटगढी: नुवाकोटको बेलकोटगढी नगरपालिका–९को अध्यक्षमा नेपाली काङ्ग्रेसका दुर्ग प्रसाद गजुरेल प्यानलसहित विजयी भएका छन् ।
गजुरेलले पुर्व वडा अध्यक्ष एवम् नेकपा एमालेका उम्मेदवार बाबुराम गजुरेललाई १ सय१६ मतको अन्तरले पराजित गरेका हुन् । नेपाली काङ्ग्रेसका उम्मेदवार गजुरेलले ७ सय २० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गजुरेलले ६ सय ४ मत प्राप्त गरेका थिए ।
काङ्ग्रेसका उम्मेदवार गजुरेलसँगै दलित महिला सदस्यमा रामकुमारी सुनार, महिला सदस्यमा चमेली तामाङ , खुला सदस्यमा प्रेमबहादुर तामाङ र पोष्ट बहादुर पुडासैनी विजयी भएका छन् ।
