 
    बेलकोटगढी-७ मा नेपाली काङ्ग्रेसका भुवनेश्वर नेपाल ९ मतान्तरले प्यानलसहित निर्वाचित
बेलकोटगढी -नुवाकोटको बेलकोटगढी नगरपालिका–७को अध्यक्षमा नेपाली काङ्ग्रेसका भुबनेश्वर नेपालको प्यानलसहित विजयी भएका छन् ।
नेपालले नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्भु प्रसाद सिग्देललाई ९ मतको अन्तरले पराजित गरेका हुन् । नेपाली काङ्ग्रेसका उम्मेदवार नेपालले ८ सय ३५मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार सिग्देलले ८सय २६ मत प्राप्त गरेका थिए ।
काङ्ग्रेसका उम्मेदवर नेपालसँगै दलित महिला सदस्यमा लक्ष्मी सुनार, महिला सदस्यमा गमला लामा , खुला सदस्यमा मनबिर मिजार र सालिकराम लामिछाने विजयी भएका हुन्।
