Wednesday, October 29

यसोदादेवी भगवान सिंह मेमोरियल ट्रष्टद्वारा एकदिने निशुल्क स्वास्थ्य शिविर

नुवाकोट।यसोदादेवी भगवान सिंह मेमोरियल ट्रष्टले नुवाकोटको दुप्चेस्वरमा निशुल्क स्वास्थ्य शिविर गरेको छ ।
विभिन्न सामाजिक कार्यहरु गर्दै आएको ट्रष्टले दुप्चेस्वर गाँउपालिकाको वडा नम्बर ३ राउतबेसीमा बिशेषज्ञ डाक्टरहरु सहितको टिमबाट एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।निशुल्क शिविरबाट १ सय ५० जना भन्दा धेरै बिरामीहरुले सेवा लिनुका साथै निशुल्क औषधी बितरण गरिएको ट्रष्टका अध्यक्ष डाक्टर केदार नरसिंह केसीले जानकारी दिनुभएको छ ।

निशुल्क स्वास्थ्य शिविरसंगै ट्रस्टले उक्त भेगमा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गर्नुका साथै कौकेश्वरी माध्यामिक बिद्यालयलाई कम्प्युटर समेत हस्तान्तरण गरेको छ ।
शिविरको लागी फाईभ हन्ड्रेड एण्ड फिप्टी फाईभ माईल्स ट्राभल एण्ड टुर्स र अरा नेपाल नामक संस्थाको सहकार्य रहेको थियो ।

नुवाकोट लगायत अन्य जिल्लाहरुमा समेत सामाजिक कार्यहरुमा योगदान पुर्‍याउदै आएको ट्रष्टले आगामी दिनमा पनि निरन्तर सामाजिक कार्यको लागी निरन्तर लागिरहने ट्रस्टका अध्यक्ष डाक्टर केसीले बताउनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *