हाइकु
श्रीराम श्रेष्ठ…✍️
१,
आँखा चिम्लदैं
आफ्नो मान्छे सम्झेथें
रोयो सपना ।
२,
हाम्रो सोचाई
अभावको पहाड
देख्दै सपना ।
३,
सुस्केरा हाल्दैं
थकाई मार्न बसे
मीठो सपना ।
४
सपना लाग्यो
बिर्सेको कुरा सम्झें
भकादै रोए ।
५,
नाला पानीमा
वीर नेपाली लडे
लाग्छ सपना ।
६,
हुरि जिन्दगी
क्षणिकतामा अल्झें
सपना देख्दैं ।
७,
सपना साचे
आफ्नै मान्छे सम्झेर
दु:ख अङ्गाल्दै ।
८,
एक्कासी भेट
अपत्यारिलो भयो
सपना जस्तै ।
९,
सोचाई आफ्नो
सगरमाथा चुमिकी
देख्दै सपना ।
१०,
बादलभित्र
उमलिएको सपना
लाग्यो आश्चर्य ।
११,
समय छोटो
गन्तव्य लम्बेतान
सपना देख्दै ।
– बट्टार,नुवाकोट
