Wednesday, October 22

राष्ट्रिय संगीतकर्मी संघ दुप्चेश्वरले गरे निर्वाचित जनप्रतिनिधिलाई सम्मान

नुवाकोट । राष्ट्रिय संगीतकर्मी संघ दुप्चेश्वर गाउपालिका कार्यसमितिले नव निर्वाचित जनप्रतिनिधिहरुलाई मंगलबार समुन्द्रटार नुवाकोटमा एक कार्यक्रम गरि बधाई ज्ञापनका साथ सम्मान गरिएकाे छ । बैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित दुप्चेश्वर गाउपालिका प्रमुख शंकर बहादुर थापा , उप प्रमुख माकुरी तामाङ सहित सबै वडाका वडा अध्यक्षहरुलाई बधाई ज्ञापन साथै चियापान समाराेह गरि सम्मान गरेको हाे । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति सचिव करण तामाङले कार्यक्रमलाई सम्बाेधन गर्दै संघकाे विषयमा बताउदै जनप्रतिनिधिहरु सँगकाे सहकार्य अपरिहार्य रहेको कुरा व्यक्त गरेकाे थियोे । दुप्चेश्वर गा पा भित्र रहेको सम्पुर्ण कलाहरुलाई संरक्षण गर्दै उत्थान गर्ने जिम्मेवारी संघका दुप्चेश्वर कार्यसमितिलाई रहेको पनि तामाङले बताएको छ । अाफुहरु सम्मानित हुन पाउँदा खुशी व्यक्त गर्दै स्थानीय सरकारकाे तर्फबाट गर्न सक्ने अार्थिक नैतिक , भाैतिक सबै खाले सहयोग गर्न तयार रहेको पालिका प्रमुख थापाले कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा बताउनु भएको छ । उत्कृष्ट सुन्दर समाराेकाे निमित्त संघका सबै पदाधिकारीहरु , कार्यक्रमकाे समन्वय गर्ने बिकी लामा , रिक घलान , जय बहादुर तामाङ , पुजा ग्लान , जीवन तामाङ , फुलमाया तामाङ , अस्मि तामाङ लगायतका सबै टिमलाई वडा न २ का वडा अध्यक्ष बिरबल तामाङले धन्यवाद ज्ञापनका साथ खुसी व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *