Tuesday, October 28

नुवाकोटमा पनि जेठ २१ गते तामाङ कथानक चलचित्र टु(पसिना)प्रदर्शन हुँदै।

नुवाकोट।नुवाकोटमा पनि तामाङ  कथानक  चलचित्र टु (पसिना) को विशेष प्रदर्शन जेठ २१ गते हुने भएको छ। लाप्साङकर्पो म्युजिकको छैटौं प्रस्तुतीमा निर्मित उक्त चलचित्र शनिबार नुवाकोटको त्रिशूली ढुङ्गेस्थित होटेल याङ्रामा प्रदर्शन गरिने भएको हो।

तामाङ संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले निर्माण गरिएको चलचित्र “टु” मा विशेष गरी पुर्खाको पसिना र पुर्खाले आर्जेको भुमिको महत्वकाबारेमा भावी पुस्तालाई सन्देश दिन खोजिएको फिल्म निर्माताले जनाएको छ। तामाङ समुदायको यथार्थ जीवन बोकेको फिल्मले सांस्कृतिक जागरणका निम्ति महत्वपूर्ण भूमिका समेत खेलेको छ। साथै, फिल्मले नयाँ पुस्ताले भुल्न लागिसकेको तामाङ रीतिरिवाज र कला संस्कृति, मौलिक तथा परम्परागत मुल्य मान्यताहरुलाई प्रश्तुत गर्दै जिवन्त बनाउने काम गरेको छ।यस्तै, फिल्म हेर्ने दर्शकहरुले फिल्मको राम्रो प्रतिक्रिया दिएका थिए । फिल्मको कथा र प्रस्तुति अब्बल रहेको बताउँदै दर्शकहरुले यस्ता फिल्महरु अझै बन्नुपर्ने बताएका छन् ।

 

तामाङ फिल्मको बजारलाई विस्तार गर्नको लागि सबैको सहयोग आवश्यक पर्ने बताउँदै निर्देशक रोशन फ्युबा तामाङले देशको कुनाकुनामा प्रचार प्रसार व्यापक बनाएमा फिल्म अझ प्रभावकारी हुने बताए । तामाङ चलचित्रको भविष्य दर्शकको हातमा रहेको हुँदा यसरी नै सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्दै उनले अन्य हलहरुमा प्रदर्सन भैसकेको चलचित्रलाई माया गरि आएर हेरिदिएकोमा दर्शकहरुलाई धन्यवाद व्यक्त गर्नुका साथै दर्शकको माया र सहयोगले फेरि नयाँ उत्साह बढेको बताए । धादिङको धादिङबेसी, नुवाकोटको त्रिशुली र रसुवाको धुन्चेमा पनि फिल्मको प्रदर्शन छिट्टै गर्ने लक्ष्य राखिएको उनलेले जानकारी दिए ।

 

धादिङको रुबि भ्याली, खनियाबास सिङ्ल्हा र नुवाकोटको रमणीय स्थलहरू छायाँङ्कन गरिएको उक्त फिल्म गायक तथा निर्देशक रोशन फ्युबाले नै सम्पादन गरेका छन् । सिंग बहादुर तामाङ र सन्चमाया तामाङले निर्माण गरेको फिल्ममा नायिका रुपएस घले, सिङ्गबहादुर तामाङ, प्रकाश तामाङ, युजिला मोक्तान, सोनाम लामा, कान्छा लामा, मर्नेन वाइबा, बिगेन्द्र वाइबा, डोल्मा मनाङ्थेन, फुर्पा लामा, सिशिर थोकर, सुनिता मम्बा, हिना नेम्बाङ, एआर तामाङ, मिलन एस वाइबा लगायत कलाकारहरुको अभिनय रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *