Wednesday, October 29

लायन्स जिल्ला ४-३सि क्यलिफोर्निया मार्फत २४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

“छात्रवृति वितरण कार्यक्रम”।
समाजसेवाको पर्यावाचिको रुपमा स्थापित विस्व कै ठुलो सामाजिक संस्था लायन्स क्लब अन्तर्राष्ट्रिय अन्तर्गत नेपालमा रहेको प्रशासनिक क्षेत्र लायन्स तथा लियो जिल्ला परिषद ३२५ बि नेपालको समन्वयनमा अमेरिकाको प्रशासनिक क्षेत्र लायन्स जिल्ला ४-३सि क्यलिफोर्निया मार्फत २४ जना गरिब तथा जेहेन्दार विद्यार्थिहरुलाई रु ५,००,००० (पाँच लाख बराबर )छात्रवृत्ति प्रदान गरिएको छ। लायन्स तथा लियो जिल्ला परिषद ३२५ बि १नेपालले यहि बर्ष भगिनि सम्बन्ध स्थापित पछिको यो पहिलो ठुलो योजना रहेको कार्यक्रम संयोजक तथा लियो जिल्ला परिषद ३२५ बि १का अध्यक्ष लियो प्रकाश थापा क्षेत्रिले जानकारि दिनु भयो।

बसुन्धारा स्थित हेराल्ड कलेजमा भएको कार्यक्रमको अध्यक्षता लायन्स विशेस्वोर आचार्य हुनुथ्यो भने प्रमुख अथिति डिष्टृक्ट गभर्नर लायन जमेश वर्गिश तथा बिशेष अथितिको रुपमा पुर्व गभर्नर लायन्स रजेन थापा,डिष्टृक्ट गभर्नर इलेक्ट लायन्स बिष्णु भाई श्रेष्ठ ,डिष्टृक्ट गभर्नर इलेक्ट लायन्स कर्मा गुरुङ, लायन्स गिता शर्मा चापागाईं,हेराल्ड स्कुलका भाईश प्रिन्शिपल त्रिलोचन शर्मा,डिष्टृक्ट प्रेसिडेन्ट इलेक्ट लियो बिजय श्रेष्ठका साथै विभिन लायन्स तथा लियो लिडरहरुका उपस्थिति रहेको थियो। उक्त कार्यक्रम सफल बनाउन स्थानीय समाजसेवि जेपि नेपाल,सुशान्त ङगोल,बिनिता भण्डारीको सहयोग रहेको कुरा लायन्स बुद्धि कार्कीले दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *