तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिबेशन असार १३ गते सोमवार काठमाण्डौको नाचघर जमल स्थित माननीय वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
आशमान तामाङको अध्यक्षमा २१ कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ । कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघका केन्द्रीय अध्यक्ष विक्रम जंग शाह , तामाङ चलचित्र संघका पुर्व अध्यक्ष जेनिश दोङ, तामाङ चलचित्र संघका उपाध्यक्ष जयन कुमार मोक्तान, तामाङ चलचित्र संघका उपाध्यक्ष दिपक तामाङ लामा, जनता समाजबादी तामाङ संघका महासचिव कान्छामान तामाङ लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको अतिथि रहेको थियो ।
देश निर्माणमा तामाङ चलचित्रको ठूलो योगदान हुन सक्ने र पर्यटन बिकासमा तामाङ चलचित्रले ठूलो टेवा पुराउन सक्ने समेतका मन्तव्यमा प्रमुख अतिथि माननीय वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादव ज्यु ले बताउनु भएको थियो ।
जेनिश दोङको निर्वाचन मन्डल संयोजक र जयन कुमार मोक्तान, दिपक तामाङ लामा निर्वाचन मन्डल सदस्य रहेको अधिबेशनबाट अध्यक्ष आस्मान वाइबा, बरिस्ठ उपध्यक्ष धुर्ब सिंह तामाङ, उपध्यक्ष अनिता नेगि तामाङ, उपध्यक्ष राजकुमार मोक्तान, महासचिव दावा फिन्जो तामाङ, सचिव करण तामाङ, सह सचीव हिरोज लोप्चन तामाङ, कोष अध्यक्ष सुस्मिता घलान, सह कोष अध्यक्ष राखिन्द्र कुमार तामाङ सदस्यहरु कुमारि माया घलान,रिजन लामा, आइसिंङ तामाङ, गंगा योङ्जन, बिना तामाङ, अमर पाखृन तामाङ, स्याम माया तामाङ, रोसन तामाङ सन्देस तामाङ, शान्ति कुमारि डिम्डुङ, मिङ्मर योङ्जन निर्बिरोध निर्वाचित भएको छ ।
