Tuesday, October 28

लिभिङ वाटर नेपालद्वारा दियालेमा एक घर एक धारा निर्माण कार्य सम्पन्न,आज फिल्टर सहित परियोजना हस्तान्तरण।

दियाले।नुवाकोटको बेलकोटगढी नगरपालिका -४ दियालेमा आज बुधबार खानेपानी योजनाका साथै फिल्टर हस्तान्तरण गरिएको छ।लिभिङ वाटर नेपालद्वारा दियालेमा संचालित खानेपानी तथा सरसफाइ परियोजना-२०७८ सम्पन्न भएको हो।उक्त हस्तान्तरण कार्यक्रमको बिच प्रत्येक घरका लागि एक एक थान फिल्टर वितरण समेत गरिएको छ।सोही स्थानमा एक घर एक धारा निर्माण गर्ने क्रममा धार्मिक क्षेत्रहरु गुम्बा,छोर्तेन र चर्च गरि साठी ओटा धारा निर्माण गरिएका थिए।वैद्य वन मुहानगरी दियालेको बस्तीमा ल्याइपुर्‍याएको पानी दियाले लगायत आसपासका केही घर परिवारलाई सहितका बासिन्दाहरुका लागि पनि पानी व्यवस्थापन गरिएका छन्।सो कार्यक्रम श्री दियाले सिक्रेपिपल खानेपानी तथा उपभोक्ता समितीको अध्यक्ष चन्द्रबहादुर तामाङको सभापतित्वमा भएको हो। लिभिङ वाटर नेपालका कार्यकारी निर्देशक बिजय गुरुङको प्रमुख अतिथि रहेका थिए।

अतिथि तर्फ फिल्ड प्राविधिक अर्जुन रोकाय ,फिल्ड अधिकृत आमोस तामाङ,जिल्ला संयोजक एनोक तामाङ,सवारी चालक विक्रम मगर, र स्थानीय युवा तथा समाजसेवी सोमबहादुर तामाङ,शेरब लामा,राजन सुवेदी,विजय तामाङ लगायत उपभोक्ताहरुका उल्लेखनीय उपस्थिति रहेका थिए।पारदर्शिता पुर्वक कार्यक्रम सञ्चालनमा रहेकोले राम्रो लागेको स्थानीयहरुले खुशी व्यक्त गरेका थिए।फिल्ड अधिकृत आमोस तामाङले पानीको महत्व र संरक्षणका साथै विविध विषयमा उपभोक्ताहरुसामु प्रष्ट्याउनु भएको थियो।फिल्ड अधिकृत तामाङले समितिको पदाधिकारी र उपभोक्ताहरूका महत्त्वपूर्ण जिम्मेवारी कार्यहरूको व्याख्या गर्दै अन्य विषयमा समेत थप जानकारी दिनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *