Tuesday, October 28

तामाङ चलचित्र दार्बुङ को प्रेस सम्मेलन सम्पन्न ।

काठमाडौं ।तामाङ चलचित्र दार्बुङ को प्रेस सम्मेलन सम्पन्न शुक्रबार सम्पन्न भएको छ।बौद्ध स्थित म:म प्लाजामा तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानको प्रमुख आतिथ्यमा “दर्बुङ”चलचित्रको पत्रकार सम्मेलन तथा प्रोमो HMM मिडिया youtube channel बाट सार्वजनिक भएको हो । बिगत लामो समयदेखि नेपाली तथा तामाङ चलचित्रमा निरन्तर निस्वार्थ रुपमा लागिपरिरहनु भएका हुत्त सन्जय लामा द्वारा निर्देशित यस चलचित्र यहि असार ३२ गते शनिबार जमल स्थित राष्ट्रिय नाचघरमा दिनको १ बजे च्यारिटी शो हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको थियो ।
चलचित्रमा एउटा गरिब परिवारमा जन्मेका अशक्त युवाको जीवन यापनका दौरानमा भोगेका वास्तविक कथा र तामाङ समुदायको परम्परागत चालचलन मामा चेला र फूपू चेली विचको प्रगाढ सम्बन्धलाई चलचित्रले चित्रण गरेको निर्देशक हुत्तले जानाकारी गएराएका थिए । उक्त चलचित्रमा हुत्त सन्जयको कथा र निरमाया घिसिङ्को लेखन रहेको छ।त्यस्तै निर्माता -लोसाङ लामा/इकेस लामा, सहनिर्माता- पर्खाइ मोक्तान /भुइसाल लामा, द्वन्द -सुरज श्रेष्ठ, गितकार-सम्झना लामा/बुद्ध ब्लोन तामाङ, संगीतकार -कार्साङ लामा, पार्श्व संगीत -कार्साङ लामा, पार्स्व गायक /गायिका-बबिता पाख्रीन,पुजा लामा ,आकाश ब्लोन,कार्साङ लामा, सम्पादन-आकाश खड्का, मिक्सिङ-दिपक तामाङ, छायांकन -प्रजल राहुत, मेकअप-नरेश खरेल, प्रोमोशन गीत-जितु लोप्चन/प्रयास दोङ रहेको छ भने यस चलचित्रमा, स्वर्गीय जयनन्द लामा,हुत्त सन्जय लामा ,सुनिता लुङ्बा, मान बहादुर तामाङ, सिर्जना गोले, डोमो ह्योल्मो, मायादेवी मोक्तान, भुइसाल लामा, राजकुमार तामाङ ,इन्द्रबहादुर स्याङ्तान, दोर्जे मोक्तान, करेशा वाइवा,सुस्मिता तामाङ, राम तामाङ, पेमा योन्जन तामाङ, दिपेश लामा, रुदेन माझी , हिरन माझी ,क्रीष्टल मगर,सुनमाया तामाङ तथा सागर लामा लगायतका कलाकारहरुको शसक्त भुमिका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *