Tuesday, October 28

सिजो – श्रीराम श्रेष्ठ,जिन्दगी क्षणिकता बाँच्नु पर्छ हासिखुसी…🖊️

सिजो
– श्रीराम श्रेष्ठ
१,
जिन्दगी क्षणिकता बाँच्नु पर्छ हासिखुसी
रिसले शत्रु बढ्छ भलो हुन्न कसैलाई
मिलेर बसिबियालो आत्मीयता सबैमा ।
२,
संसार चिहाउँदा दुई दिने घामछाया
अडान लिइबस्दा उमेरले नेटो काट्यो
बुझेर जीवानलाई अघि बढ्दा सुगन्ध ।

३,
समाज ब्यतिथिमा अत्याचार बढ्दै गयो
भएन नियन्त्रण डरलाग्दो परिबेश
झस्किन्छु सधैं जसो नै आफैंदेखि डराए ।

४,
लिएर चोखो माया तिमीलाई साच्दै राखे
निष्ठुरी बनेपछि एकलब्य बन्दै गए
मनमा सपना बुन्दै कुर्दै बसे टाेलाई ।

५,
मनको हृदयमा तिमीलाई लुकाउँदा
सुटुुक्क लुकिछिपी तिमीलाई पर्खिबस्छु
पट्यार लागेको बेला नै तिमी आयौ टुप्लुक्क ।
६,
भोकैले सताउदा रिसाएर बसिजाँदा
पोलेको मकै खादै रस्वास्वाद मीठो मान्दै
जीवन धान्न सजिलो सधैं खाने आशामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *