Saturday, October 25

मनखुसी फाउन्डेसन नुवाकोट जिल्ला संयाेजकमा करण तामाङ

डिल ब. लामा-नुवाकोट। विशुद्ध समाज सेवाकाे उदेश्यका साथ लागिपरेको सामाजिक संस्था मन खुसी फाउन्डेसनले नुवाकोटमा अाफ्नाे शाखा विस्तार गर्दै नेतृत्वमा जिल्ला संयाेजककाे रुपमा करण तामाङलाई नियुक्त गरेको छ । अाफ्नाे शाखा विस्तार गर्दै नुवाकोट जिल्ला शाखा उदघाटन शनिबार सुखद पाहुना घर सभाहल विदुर नुवाकोटमा गरेकाे हाे । संयाेजक तामाङ सहित सचिवमा गाैरब रिमाल , जिल्ला सदस्य एवम् विदुर नगरपालिका संयाेजकमा संगम दर्जी , दुप्चेश्वर गाउपालिका संयाेजक एवम् जिल्ला सदस्यमा पुजा ग्लान तामाङ , सुर्यगढी गाउपालिका संयाेजक तथा जिल्ला सदस्यमा गणेश लामा लगायतलाई नियुक्त गरिएकाे हाे । उक्त समाराेहमा फाउन्डेसनका केन्द्रीय सेक्रेटरी नरहरि अाचार्य र फाउण्डर प्रेजिडेन्ट मान बहादुर तामाङले सम्बाेधन गर्दै फाउन्डेसनकाे लक्ष्य तथा उदेश्यकाे विषयमा प्रस्ट पार्नु भएको थियोे ।

फाउन्डेसनले नुवाकोटमा रहेकाे सबै स्थानीय तह गठन गरि विशुद्ध रुपमा समाजमा रहेका अप्ठ्यारा दु:ख पिडालाई अाैल्याएर सेवा गर्ने नव नियुक्त संयाेजक तामाङले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *