Tuesday, October 28

Author: राष्ट्रियता मिडिया

बेलकोटगढी-९ मा नेपाली काङ्ग्रेसका गजुरेलको प्यानल विजयी

बेलकोटगढी-९ मा नेपाली काङ्ग्रेसका गजुरेलको प्यानल विजयी

मुख्य समाचार
बेलकोटगढी: नुवाकोटको बेलकोटगढी नगरपालिका–९को अध्यक्षमा नेपाली काङ्ग्रेसका दुर्ग प्रसाद गजुरेल प्यानलसहित विजयी भएका छन् । गजुरेलले पुर्व वडा अध्यक्ष एवम् नेकपा एमालेका उम्मेदवार बाबुराम गजुरेललाई १ सय१६ मतको अन्तरले पराजित गरेका हुन् । नेपाली काङ्ग्रेसका उम्मेदवार गजुरेलले ७ सय २० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गजुरेलले ६ सय ४ मत प्राप्त गरेका थिए । काङ्ग्रेसका उम्मेदवार गजुरेलसँगै दलित महिला सदस्यमा रामकुमारी सुनार, महिला सदस्यमा चमेली तामाङ , खुला सदस्यमा प्रेमबहादुर तामाङ र पोष्ट बहादुर पुडासैनी विजयी भएका छन् ।...
अमेरिकी उपमन्त्री जियाको प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता

अमेरिकी उपमन्त्री जियाको प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता

मुख्य समाचार
काठमाडौं : नेपाल भ्रमणमा रहेकी अमेरिकी उपमन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन्। अमेरिकी उपमन्त्री जियाले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेट गरेकी हुन्। जिया नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री हुन्। उपमन्त्री जियाले नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीहरुको मानवअधिकार र उनीहरुको सुरक्षाका बारेमा प्रधानमन्त्री देउवासँग चासो राखेको बालुवाटार स्रोतले बताएको छ। उपमन्त्री जिया शनिबार मध्यान्ह जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरको निरीक्षण भ्रमणमा गएकी थिइन्। जियाले प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको निम्तोसमेत दिएकी उच्च स्रोतले बताएको छ। यसैबीच अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक जियाले परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गरेकी छन् ।...
Tanka – Shreeram Shrestha,Mercury fish…✍️

Tanka – Shreeram Shrestha,Mercury fish…✍️

मुख्य समाचार
Tanka - Shreeram Shrestha 1, Mercury fish While trying to grasp tightly Escaped by slipping Greed of a whole day Remembered by swallowing spit. 2, Assuming sweet Eating bread Satisfied fully After fully satisfying hunger Sat out of wings. 3, Bahun danda Covered by greenery Beautiful hamlet Proliferated silence Germinated fear and stress. 4, Burning a light light in every orner Darkness concealed In a order of burning Saved its existence . 5, Green bamboo Wishing to touch the sky At my own pace Tired while moving forward Bending due to shame . 6, Story of heart Suffocated within the heart Stayed silent I also remained silent Germinated pains and sorrows - Tras. by Saroj bogati .
म जरा नै रहिरहुँ, रुख बनेर जनता माथि पुगून्-बालेन शाह

म जरा नै रहिरहुँ, रुख बनेर जनता माथि पुगून्-बालेन शाह

मुख्य समाचार
म कुनै दलको मान्छे हैन । त्यसैले धेरैले मलाई भन्नुभयो, "यसको माथिसम्म पहुँच छैन । यसले के गर्छ ?" उहाँहरुले भनेको ठीक हो । मेरो माथिसम्म पहुँच छैन । र, चाहिएको पनि छैन । तर मसँग तलसम्मको पहुँच छ । तलका जनतासम्मको पहुँच छ । यो पढिरहनु भएको तपाईंसम्मको पहुँच छ । म तलको जरा हुँ । मसँग पानीसम्मको पहुँच छ । माथि पुग्नु पर्ने म हैन । माथि पुग्नु पर्ने त जनता हो । म त तपाईंको लागि मलजल लिइदिने मात्रै हुँ । म जरा नै रहिरहुँ । रुख बनेर जनता माथि पुगून् । जनता टुप्पो बनुन् । म सँधै जरा बनिरहूँ । जनताबाट लिएको मलजललाई जनताकै हाँगाहाँगामा पुर्याऊँ । म माध्यम मात्रै बनूँ । माथि पुगेँ भने मेरो पानीसँग जोडिरहन पाउन्न । म जनतासँग जोडिरहन चाहन्छु । म तलै हुन चाहन्छु । सँधै तपाईंहरुकै पहुँचमा हुन चाहन्छु । तपाईंले 'मैले दिएको मलको के गरिस् ?' भनेर मेरो कान समात्न मिल्ने ठाउँमा रहिरहूँ । म जरा नै भै...

आइतबारदेखि अनलाइन भुक्तानी प्रणाली सहित नयाँ अनलाइन लाइसेन्स आवेदन खुल्ने

मुख्य समाचार
काठमाडौं ।यातायात व्यवस्था विभागले आगामी आइतबारदेखि अनलाइन भुक्तानी प्रणाली सहित नयाँ अनलाइन लाइसेन्स आवेदन खुलाउने भएको छ । पुरानो झन्झटिलो सिस्टमलाई हटाएर दैनिक १५ हजार आवेदन क्षमता थेग्न सक्ने अनलाइन सवारीचालक अनुमति पत्र प्रणाली ल्याउने भएको हो ।À काठमाडौं तथा देशैभरका यातायात कार्यालयहरुले अगामी बैशाख मसान्तसम्म सबै पेन्डिङ आवेदकको परीक्षा लिने गरी ट्रायल परीक्षा लिइसकेका छन । विभागले बैशाख भित्र बायोमेट्रिकको लागि यातायात कार्यालय नजाने आवेदकको आवेदन खारेज गरिसकेको छ । यातायात विभागले जेठ ४ गतेबाट आवेदन खुलाउने तयारी गरेपनि सिस्टममा प्रविधिक समस्या र अनलाइन पेमेन्टको काम पुरा नभएकाले दोस्रो हप्ता पुर्याएको हो । यातायात विभागका इन्जिनियर सन्तोष पोखरेलले सिस्टममा समस्या नआए अगामी आइतबारसम्म अनलाइन आवेदन खुलाउने तयारी भएको जनाकारी दिए । ‘सिस्टमको अझै केहि काम बाँकी नै छ, श...
छैटौँ राष्ट्रिय हाप्किडो प्रतियोगितामा गिरिले पाए ‘संवरण’ पदक

छैटौँ राष्ट्रिय हाप्किडो प्रतियोगितामा गिरिले पाए ‘संवरण’ पदक

मुख्य समाचार
बेलकोटगढी।नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, नुवाकोटको आयोजना तथा बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगार्थमा भएको छैटौँ राष्ट्रिय हाप्किडो प्रतियोगितामा गण्डकी प्रदेशकी कृति गिरिले ‘संवरण’ पदक पाएकी छिन् । हालसालै सम्पन्न प्रतियोगितामा महिला फाइट तर्फको ५०-५५ किलो तौल समूहमा गण्डकी प्रदेशकी गिरि पहिलो भएकी हुन् । यस्तै, लुम्बिनी प्रदेशकी बर्षा थेडी मगर दोस्रो (रजत पुरस्कार), प्रदेश नम्बर १ की मनिका बस्नेत तेस्रो (काश्य पुरस्कार) प्रदेश नम्बर ७ की सन्जिता बिष्ट चौथो (काश्य पुरस्कार) प्राप्त गरेकी छिन् । हाप्किडोको राष्ट्रिय खेलाडी समेत रहेकी गिरिले यस अघि पनि थुप्रै प्रतियोगितामा जित हासिल गरिसकेकी छिन् । गिरि हाप्किडोको गण्डकी प्रदेशको प्रशिक्षक पनि हुन् । प्रतियोगिता बेलकोटगढी नगरपालिका कार्यवाहक मेयर कविता ढुङगानाले उद्घाटन गरेकी थिईन् । यस्तै, कार्यक्रममा विजयी टोली तथा खेलाडीलाई नु...
मकवानपुरको इन्द्रसरोवर-२ सिमखोलामा भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु ४ घाइते

मकवानपुरको इन्द्रसरोवर-२ सिमखोलामा भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु ४ घाइते

मुख्य समाचार
मकवानपुर — मकवानपुरमा शनिबार साँझ भएको पिकअप भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको हेटौंडा अस्पतालमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरूको अहिलेसम्म पहिचानको नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये चालकसहित ३ जनाको हेटौंडा र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ । हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोलामा पुलको बारमा ठोक्किएको थियो। ...

नुवाकोटको बेलकोटगढी नगरपालिका प्रमुखमा जगत लामा र उपप्रमुखमा शिव प्र. दाहाल विजयी

मुख्य समाचार
बेलकोटगढी।नुवाकोटको बेलकोटगढी नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादी केन्द्र र उप प्रमुखमा  नेपाली काङ्ग्रेसको शिव प्रसाद दाहाल का उम्मेदवार विजयी हुनुभएको छ । नगर प्रमुखमा पुर्व नगरप्रमुख नेकपा एमालेका राजेन्द्र रमण खनाल र उप प्रमुखमा नेकपा एमालेका नेत्री रुपा साप्कोटा प्रतिद्वन्द्वी रहेका थिए। नगर प्रमुख पदमा निर्वाचित जगत बहादुर लामाले २३हजार  २२२मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र रमण खनालले  ६हजार  ७९४मत प्राप्त गर्नु भयो । त्यस्तै उप प्रमुखमा शिव प्रसाद दाहालले १०हजार ७६६मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी नेत्री रुपा साप्कोटाले७ हजार२७४ मत प्राप्त गर्नुभयो । वडा अध्यक्षमा नेपाली काङ्ग्रेसले वडा नम्बर २, ५,७,९,१०,११,१३ नेकपा (एमाले) ले १,६,८,१२ र नेकपा माओवादी केन्द्रले क्रमशः ३,४ वडा अध्यक्षमा निर्...
सिजो-श्रीराम श्रेष्ठ,बाँचेर इमान्दार हुनुतर्फ सधैंभरि…✍️

सिजो-श्रीराम श्रेष्ठ,बाँचेर इमान्दार हुनुतर्फ सधैंभरि…✍️

कला/साहित्य
सिजो श्रीराम श्रेष्ठ १, बाँचेर इमान्दार हुनुतर्फ सधैंभरि इमान जमानमा अड्नुपर्छ हामी सबै सत्यता लुकाउँदामा आइलाग्छ बिपत्ति । २, जिन्दगी क्षणकता बाँच्नुपर्छ हासीखुसी रिसले शत्रु बढ्छ भलो हुन्न कसैलाई मिलेर बसिबियालो आत्मीयता सबैमा । ३, संसार चिहाउँदा दुईदिने घामछाया अडान लिइबादा उमेरले नेटाे काट्यो बुझेर जीवनलाई अघि बढ्दा सुगन्ध । ४, संसार बुझ्न खोज्यो आफैंभित्र थिचिएछ जिज्ञासु मनलाई कैद गर्दै बेहोसीमा पाहुना बन्दै पृथ्वीमा बाँचिएला चिम्लँदै । ५, त्रासमा होमिएर युद्ध जित्न खोजिरहेँ बाँचेर आफैलाई भाग्यमानी सम्झिहालेँ काँतर भएको मन आफैंदेखि डरायो । ६, बिहान चिसो चिसो पानी पर्दा उठिहाले मनले खोजिएका तातोपन सम्झिरहे कफिको चुस्किले गर्दा अनुभवै फेरियो ।...
अब नेपाली सेनाद्वारा विभिन्न जिल्लाका सडकहरुमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भयो

अब नेपाली सेनाद्वारा विभिन्न जिल्लाका सडकहरुमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भयो

मुख्य समाचार
काठमाण्डाै – नेपाली सेनाले विभिन्न जिल्लाका विभिन्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ । सेनाका मेकानाइज्ड युनिटबाट बख्तरबन्द गाडीहरूमा सकल दर्जाको क्षमता अभिवृद्धि गर्न र गाडीको चुस्त अवस्था कायम राख्नका लागि स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा सडकमा अभ्यास गर्न लागिएको सेनाले जनाएको छ । काठमाण्डौको सीतापाइलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा तैनाथ गणले विभिन्न मितिमा अभ्यास गर्नेछन् । सडकमा नेपाली सेनाकाे बख्तरबन्द गाडी निस्किएको देखेमा त्यसलाई अन्यथा नलिइकन अभ्यासका रूपमा बुझ्न पनि सेनाले आग्रह गरेको छ ।...