Tuesday, October 28

मुख्य समाचार

बेलकोटगढी-७ मा जेठ २८ गतेबाट WARD CUP 2079 फूटबल प्रतियोगिता हुँदै

बेलकोटगढी-७ मा जेठ २८ गतेबाट WARD CUP 2079 फूटबल प्रतियोगिता हुँदै

मुख्य समाचार
बेलकोटगढी-७।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको आयोजनामा WARD CUP-2079 सञ्चालन हुने भएको छ।जेष्ठ २८ गतेबाट हुने आयोजकले जनाएको छ।उक्त कार्यक्रमका लागि २०७९ जेठ २० गतेदेखि २५ गते बेलुका ५ बजेसम्म टिम दर्ता समय रहेको छ।उक्त फुटबल प्रतियोगिता महादेवफाँटमा रहेको महादेवफाँट फुटबल ग्राउन्डमा हुने भएको छ।प्रतियोगितामा सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क बापत रु.३,०००/- आयोजकले तोकिएको छ।सो कार्यक्रममा नगरभित्रका खेलाडीहरुले मात्रै सहभागी हुन पाउने लगायतका नियमावली तयार पारिएको वडा अध्यक्ष भुवनेश्वर नेपालले जानकारी दिनुभएको छ।...
जिल्लाको नवनिर्वाचित जनप्रतिनिधिलाई शिक्षालयद्वारा सम्मान।

जिल्लाको नवनिर्वाचित जनप्रतिनिधिलाई शिक्षालयद्वारा सम्मान।

मुख्य समाचार
नुवाकोट।पोस्ट बहादुर बोगटी बहुप्राबिधिक शिक्षालयद्वारा आयोजित नुवाकोटको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत,सम्मान र परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा जिल्लाको १२ वटै स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरुका उपस्थित रहेका थिए।सो: कार्यक्रम शिक्षालय सञ्चालक समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालको अध्यक्षतामा सम्पन्न भएको थियो।उपस्थिति रहेका जनप्रतिनिधिहरुद्वारा शिक्षालयको चौतर्फी विकासका लागि आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता गरेका थिए।    ...
नेपाल लाइफ इन्स्योरेन्स क.लि.द्वारा त्रि.वि शि. अस्पताललाई १०० थान ह्वीलचियर हस्तान्तरण 

नेपाल लाइफ इन्स्योरेन्स क.लि.द्वारा त्रि.वि शि. अस्पताललाई १०० थान ह्वीलचियर हस्तान्तरण 

मुख्य समाचार
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व(CSR) अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,महाराजगन्जलाई सोमबार एक कार्यक्रमला बिच १०० वटा ह्वीलचियर हस्तान्तरण गरेको छ। नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबिच सम्झौता पत्र आदनप्रदान गरि औपचारिक रूपमा ह्वीलचियर हस्तान्तरण गरिएको हो।...
आ.व. ०७९/८०मा नुवाकोटको कुन स्थानीय तहलाई कति बजेट

आ.व. ०७९/८०मा नुवाकोटको कुन स्थानीय तहलाई कति बजेट

मुख्य समाचार
नुवाकोट।आर्थिक वर्ष २०७९/८० को लागि नुवाकोटका स्थानीय निकायलाई बजेट तपशिल अनुसारको रहेको छ। नुवाकोटको कुन स्थानीय तहलाई कति बजेट नुवाकोट १)बिदुर नगरपालिका-५२ करोड ९४ लाख २)बेलकोटगढी नगरपालिका-४३ करोड १० लाख ३)ककनी गाउँपालिका-३० करोड ६८ लाख ४)किस्पाङ गाउँपालिका-२२ करोड १६ लाख ५)तादी गाउँपालिका-२३ करोड ८६ लाख ६)तारकेश्वर गाउँपालिका-२२ करोड ८ लाख ७)दुप्चेश्वर गाउँपालिका-२६ करोड ७१ लाख ८)पन्चकन्या गाउँपालिका-२२ करोड २५ लाख ९)लिखु गाउँपालिका-२३ करोड ९६ लाख १०)शिवपुरी गाउँपालिका-३२ करोड २ लाख ११)सुर्यगढी गाउँपालिका-२३ करोड ७८ लाख १२)म्यागङ गाउँपालिका-२० करोड ५५ लाख...
विश्व वातावरण दिवस-२०७९,धरान मेयर हर्कराज राई(सम्पाङ) तस्वीरहरु

विश्व वातावरण दिवस-२०७९,धरान मेयर हर्कराज राई(सम्पाङ) तस्वीरहरु

मुख्य समाचार
धरान।विश्व वातावरण दिवस-२०७९ धरान मेयर हर्कराज राई(सम्पाङ) तस्वीरहरु            
लायन्स जिल्ला ४-३सि क्यलिफोर्निया मार्फत २४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

लायन्स जिल्ला ४-३सि क्यलिफोर्निया मार्फत २४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

मुख्य समाचार
"छात्रवृति वितरण कार्यक्रम"। समाजसेवाको पर्यावाचिको रुपमा स्थापित विस्व कै ठुलो सामाजिक संस्था लायन्स क्लब अन्तर्राष्ट्रिय अन्तर्गत नेपालमा रहेको प्रशासनिक क्षेत्र लायन्स तथा लियो जिल्ला परिषद ३२५ बि नेपालको समन्वयनमा अमेरिकाको प्रशासनिक क्षेत्र लायन्स जिल्ला ४-३सि क्यलिफोर्निया मार्फत २४ जना गरिब तथा जेहेन्दार विद्यार्थिहरुलाई रु ५,००,००० (पाँच लाख बराबर )छात्रवृत्ति प्रदान गरिएको छ। लायन्स तथा लियो जिल्ला परिषद ३२५ बि १नेपालले यहि बर्ष भगिनि सम्बन्ध स्थापित पछिको यो पहिलो ठुलो योजना रहेको कार्यक्रम संयोजक तथा लियो जिल्ला परिषद ३२५ बि १का अध्यक्ष लियो प्रकाश थापा क्षेत्रिले जानकारि दिनु भयो। बसुन्धारा स्थित हेराल्ड कलेजमा भएको कार्यक्रमको अध्यक्षता लायन्स विशेस्वोर आचार्य हुनुथ्यो भने प्रमुख अथिति डिष्टृक्ट गभर्नर लायन जमेश वर्गिश तथा बिशेष अथितिको रुपमा पुर्व गभर्नर लायन्स रजेन थापा,...
नुवाकोटमा पनि जेठ २१ गते तामाङ कथानक चलचित्र टु(पसिना)प्रदर्शन हुँदै।

नुवाकोटमा पनि जेठ २१ गते तामाङ कथानक चलचित्र टु(पसिना)प्रदर्शन हुँदै।

मुख्य समाचार
नुवाकोट।नुवाकोटमा पनि तामाङ  कथानक  चलचित्र टु (पसिना) को विशेष प्रदर्शन जेठ २१ गते हुने भएको छ। लाप्साङकर्पो म्युजिकको छैटौं प्रस्तुतीमा निर्मित उक्त चलचित्र शनिबार नुवाकोटको त्रिशूली ढुङ्गेस्थित होटेल याङ्रामा प्रदर्शन गरिने भएको हो। तामाङ संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले निर्माण गरिएको चलचित्र “टु” मा विशेष गरी पुर्खाको पसिना र पुर्खाले आर्जेको भुमिको महत्वकाबारेमा भावी पुस्तालाई सन्देश दिन खोजिएको फिल्म निर्माताले जनाएको छ। तामाङ समुदायको यथार्थ जीवन बोकेको फिल्मले सांस्कृतिक जागरणका निम्ति महत्वपूर्ण भूमिका समेत खेलेको छ। साथै, फिल्मले नयाँ पुस्ताले भुल्न लागिसकेको तामाङ रीतिरिवाज र कला संस्कृति, मौलिक तथा परम्परागत मुल्य मान्यताहरुलाई प्रश्तुत गर्दै जिवन्त बनाउने काम गरेको छ।यस्तै, फिल्म हेर्ने दर्शकहरुले फिल्मको राम्रो प्रतिक्रिया दिएका थिए । फिल्मको कथा र प्रस्तुति अब्बल रहेक...
राष्ट्रिय संगीतकर्मी संघ दुप्चेश्वरले गरे निर्वाचित जनप्रतिनिधिलाई सम्मान

राष्ट्रिय संगीतकर्मी संघ दुप्चेश्वरले गरे निर्वाचित जनप्रतिनिधिलाई सम्मान

मुख्य समाचार
नुवाकोट । राष्ट्रिय संगीतकर्मी संघ दुप्चेश्वर गाउपालिका कार्यसमितिले नव निर्वाचित जनप्रतिनिधिहरुलाई मंगलबार समुन्द्रटार नुवाकोटमा एक कार्यक्रम गरि बधाई ज्ञापनका साथ सम्मान गरिएकाे छ । बैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित दुप्चेश्वर गाउपालिका प्रमुख शंकर बहादुर थापा , उप प्रमुख माकुरी तामाङ सहित सबै वडाका वडा अध्यक्षहरुलाई बधाई ज्ञापन साथै चियापान समाराेह गरि सम्मान गरेको हाे । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति सचिव करण तामाङले कार्यक्रमलाई सम्बाेधन गर्दै संघकाे विषयमा बताउदै जनप्रतिनिधिहरु सँगकाे सहकार्य अपरिहार्य रहेको कुरा व्यक्त गरेकाे थियोे । दुप्चेश्वर गा पा भित्र रहेको सम्पुर्ण कलाहरुलाई संरक्षण गर्दै उत्थान गर्ने जिम्मेवारी संघका दुप्चेश्वर कार्यसमितिलाई रहेको पनि तामाङले बताएको छ । अाफुहरु सम्मानित हुन पाउँदा खुशी व्यक्त गर्दै स्थानीय सरकारकाे तर्फबाट गर्...
चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति

चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति

मुख्य समाचार
काठमाडौँ।चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ । मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन् । दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनमा यस विषयमा विवाद नगर्ने सहमति भएको छ । ...
मुस्ताङमा तारा एयर विमान दुर्घटना,शव यत्रतत्र छरिएको अवस्थामा फेला

मुस्ताङमा तारा एयर विमान दुर्घटना,शव यत्रतत्र छरिएको अवस्थामा फेला

मुख्य समाचार
तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङमा भेटिएको छ । विमानमा सबै सबै यात्रुको मृत्यु भएको सेनाले पुष्टि गरेको छ। सेनाका अनुसार थाङसाङ–२ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो । विमान दुक्राटुक्रा भएको छ भने शव यत्रतत्र छरिएको अवस्थामा फेला परेको छ । यार्सागुम्बा टिप्न गएकाहरुले दुर्घटनाबारे जानकारी गराएपछि उद्दार टोली घटनास्थलमा पुग्न सफल भएको थियो । जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विवनअटर खोज्‍न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले विमान दुर्घटनास्थल फेला पारेका हुन् । आइतबार विमान पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुन पुगेको थियो । आइतबार दिनभर विमानको अवस्था पत्ता लगाउन खोजीकार्य जारी राखिएपनि आइतबार मात्रै स्थान लोकेट भएको हो । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार थिए । यसबारेमा थप विवरण आउन बाँकी छ ।...